Advertisement

कांग्रेस देउवा समूहको रिटमा आजका लागि पेसी तोकियो

आइतबार नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन । रिटको पेसी आइतबारका लागि नै तोक्नका लागि आग्रह गरेको भएपनि सर्वोच्च प्रशासनले सम्भव नभएको जानकारी दिएको थियो । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरेर नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकताको विवाद सुरु भएको थियो ।