कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
गत असोज २८ गतेबाट सुरु भएको कार्यसमितिको बैठक आज बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रसभित्र पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै











