नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्दै छ।
बैठक ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयहरूमा छलफल हुने जनाएको छ । मुख्य सचिव पौडेलले बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध समेत गरेका छन ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे बस्दै











