हिजोबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहनेछ ।
बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता महतले बताए ।
कांग्रेस कार्यसम्पदान समितिको बैठक आज पनि जारी











