आज बिहान साढे ११ बजे नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले काठमाडौंमा भेला आयोजना गर्दैछ ।
विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि भेला गर्न लागेका हुन । कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ ।कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६(१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन ।
कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले भेला गर्दै











