नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो १ बजे बस्दै छ ।
सभापति शेरबहादुर देउवाले ललितपुरको हिमालय होटलमा बैठक बोलाएको जनाएको छ । २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने बताएका छन । भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका हुन । दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो ।
कांग्रेसको पदाधिकारी बैठक दिउँसो १ बजे बस्दै











