नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ । विशेष महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको जनाएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहान ११ बजे बस्दै











