आज बिहान ९ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा बस्ने गरी बैठक बोलाइएको हो । केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य,आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुनको लागि अनुरोध गरिएको छ । संस्थापन इतर समूह विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको समयमा बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण मानिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बिहान ९ बजे बस्दै











