कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान साढे ११ बजे बस्ने भएको छ ।
पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको बैठक आज बस्न लागेको हो । गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा राखिरहेका छन ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै











