कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
पार्टीभित्र विवाद बढेपछि पटक(पटक स्थगित भएको बैठक आज बस्ने भएको हो । आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए । आजको बैठकमा संस्थापन र इतर दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन । संस्थापन इतर समूह आगामी मंसिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा छ ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै











