Advertisement

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पेस गर्ने एजेन्डामा भने अझै सहमति जुटेको छैन । त्यसका लागि आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने जनाएको छ ।
शीर्ष नेताहरूबिच लगातार छलफल भएपनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न नसकेको हो । नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन ।