बुधबार राति १२ बजेदेखि कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य भएको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेश प्रमुखसमक्ष बुधबार बिहान सिफारिस गरेको थियो ।
अधिवेशन अन्त्यका लागि मुख्यमन्त्री कार्यालयबाट प्राप्त सिफारिसअनुसार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चालु छैटौँ अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गरेको सभामुख नन्दा गुरुङले जानकारी दिइन ।
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य












