आजदेखि कक्षा १२ को मौका परीक्षा सुरु हुँदैछ ।
यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो । परीक्षा आज र भोलि दुई दिन सञ्चालन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी ९००४१०, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा हुने छ । अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयको परीक्षा दिने परीक्षार्थीले पहिले दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनु पर्नेछ ।
कक्षा १२ को पूरक परीक्षा सुरु












