Advertisement

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले जानकारी दिए ।
नतिजा प्रकाशनको लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको बताए । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।