कात्तिक १५ गते नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ ।
बैठक पार्टीको ११औँ महाधिवेशन तयारीका लागि बैठक बस्न लागेको हो । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ । गत असोज २९ देखि ३१ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशन कात्तिक २७ देखि २९ सम्म पोखरामा गर्ने निर्णय गरेको छ । कात्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
एमाले सचिवालय बैठक कात्तिक १५ गते बस्दै












