Advertisement

एमाले संसदीय दलको बैठक दिउँसो २ बजे बस्दै

आज दिउँसो २ बजे नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ ।
बैठकमा हिजोदेखि सुरु भएको बजेट अधिवेशनबारे छलफल हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन ।