Advertisement

एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्दै

नेकपा एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
समसामयिक विषय र संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । जेठ १५ गते संघीय संसदमा प्रस्तुत भएको बजेटमाथि जेठ २० गतेदेखि छलफल सुरु हुँदैछ । सरकारले बजेट पस्तुत गरेपछि अहिले विपक्षी दलहरुले विभिन्न टिकाटिप्पणी गरिरहेका छन ।