Advertisement

एमाले केन्द्रीय कमिटी बैठक जारी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा जारी रहेको छ ।
बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरुमाथि छलफल हुनेछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्नेछन । मुख्यगरी विधान संशोधन एजेण्डा एमालेमा चर्को बहसको विषय बनिरहेको छ ।