Advertisement

एमालेले सचिवालय बैठक दिउँसो २ बजे बस्दै

आज दिउँसो २ बजे नेकपा एमालेले सचिवालय बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने बताएका छन । सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो ।