एमालेको केन्द्रीय कमिटी बैठक भदौ १३ गते बस्ने भएको छ ।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा प्रतिवेदनबारे निर्णय गर्ने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । एमालेले भदौ १० गतभित्र सुझाव संकलन गरिसक्नेगरी डेडलाइन तोकेर अपानि–१२ जारी गरेको थियो । उक्त अपानि बमोजिम प्रदेश, जिल्ला, जनसंगठन र विभागहरूमा सुझाव संकलन भइरहेको छ ।प्राप्त सुझावहरु समेटेर २०–२२ भदौमा हुने दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीबाट राजनीतिक, संगठनात्मक र विधान प्रतिवेदन पारित हुनेछ ।
एमालेको केन्द्रीय कमिटी बैठक भदौ १३ गते बस्दै












