आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ ।
नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने बताए ।एमालेको केन्द्रीय कमिटी बैठक आगामी २९ गतेबाट हुँदैछ ।
एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम सातामा












