Advertisement

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर पराजित

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्स पराजित भएको छ ।
हिजो भएको खेलमा ललितपुरलाई पोखरा निन्जाजले ३–० को सोझो सेटमा हराएको हो । त्यसअघि हिजो भएको पहिलो खेलमा कर्णाली यश्विसले मधेश युनाइटेडलाई ३–० ले हराउँदै एक खेल अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ । अब फाइनलमा काठमाण्डौ स्पाइकर्स र ललितपुरमध्ये एक टिम फाइनलमा पुग्नेछन । आज हुने पहिलो खेलमा काठमाण्डौ र पोखरा तथा दोस्रो खेलमा लुम्बिनी र मधेशबीच प्रतिस्पर्धा हुनेछ ।