एन.सी. एग्रोटेकले आफ्नो सातौं वार्षिक साधारण सभा शुक्रबार बसुन्धरास्थित सेफ हस्पिटालिटी एण्ड पार्टी भेन्युमा सम्पन्न गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ।कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ, चुक्ता पूँजी ५६.२५ करोड रुपैयाँ, बैंक ऋण ३.५६ करोड रुपैयाँ, संचित मुनाफा १.४६ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । कम्पनीको प्रति शेयर आम्दानी रु ४.२० र नेटवर्थ प्रति शेयर रु १०२.६० रहेको छ । कम्पनीले सर्वसाधारणका लागि १८ लाख ७५ हजार कित्ता अर्थात् १८ करोड ७५ लाख रुपैयाँको आईपीओ जारी गर्ने योजना बनाएको छ । उद्योग आजभन्दा ७ वर्ष अगाडि स्थापना भएको हो ।
उद्योगबाट कुनै पनि चिज खेर नजाने उद्योगका अध्यक्ष यज्ञमूर्ति न्यौपानेले शेयरधनीहरुलाई जानकारी गराए । उद्योगले प्रत्यक्षरुपमा १७० जना भन्दा बढी मानिसहरुलाई रोजगारी दिँदै आएको संचालक दीपक प्रसाद न्यौपानेले जानकारी गराए । ५० प्रतिशत जति महिलालाई रोजगार दिदै आएको जानकारी दिए ।
एन.सि. एग्रोटेक इण्डस्ट्रीज सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारीमा रहेको पनि जानकारी दिए । आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको र पाइपलाइनमा रहेको कम्पनी जनाएको छ ।
एन.सी. एग्रोटेकको सातौं वार्षिक साधारण सभा सम्पन्न












