Advertisement

एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।
कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनले सुदूरपश्चिमले एनपीएलको दशौँ खेलमा कर्णाली याक्सलाई ४५ रनले हराएको हो ।जितका लागि १४० रनको चुनौती पछ्याएको कर्णालीले १९ ओभर २ बलमा अलआउट हुँदै ९४ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि पवन सर्राफले २६ बलमा २७ तथा मार्क वाटले १० बलमा १७ रन बनाए । सुदूरपश्चिमका लागि दिपेन्द्रले २३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै हर्मित सिंह र अवनाश बोहराले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनायो । कप्तान दिपेन्द्र सिंह ऐरीले २८ बलमा सर्वाधिक ३९ रन बनाए । त्यस्तै आरिफ शेखले २५ बलमा २७ रन बनाए ।
कर्णालीका कप्तान सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिएका छन । सुदूरले यसअघिका दुवै खेल जितेको छ भने कर्णालीले एकमा जित र एकमा हार बेहोरेको छ ।