नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इतिहासमै अहिलेसम्मकै सर्वाधिक रन बनेको खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको छ ।
हिजो भएको खेलमा विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १६७ रन बनायो । पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ओपनर एडम रोसिङ्टनले ३९ रन जोडे । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थयो । उसका ओपनर लोकेश बमले सर्वाधिक ७२ रन बनाए । एनपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ । आज दिउँसो ४ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्सले खेल्दैछ ।
एनपीएल क्रिकेटमा विराटनगरले पोखरालाई ५३ रनले हरायो : आज काठमाण्डौ र सुदूरपश्चिम खेल्दै












