Advertisement

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दैछन ।
खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनीसँगको आजको खेलमा विराटनगरमा आवद्ध दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिसले खेल्न सक्ने सम्भावना छ ।
एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले भने यसअघिका पाँचमध्ये २ खेल मात्रै जितेको छ । ४ अंकका साथ लुम्बिनी अंक तालिकाको छैटौं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेलमा पनि जीत महत्त्वपूर्ण छ ।