Advertisement

एनपीएलमा आज लुम्बिनी र विराटनगर खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किंग्स खेल्दैछन ।
खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा हुनेछ । आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगिसकेको छ । इलिमिनेटर खेलमा हिजो काठमान्डु गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो । हारसँगै काठमान्डु प्रतियोगिताबाट बाहिरिएको छ ।