नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन ।
पहिलो खेल बिहान ११ः१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगरबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन ।
सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ ।
एनपीएलमा आज दुई खेल हुँदै












