Advertisement

एनपीएलमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स खेल्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को ११ औँ खेलमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछ ।
खेल त्रिवी मैदानमा आज साँझ ४ बजे खेल सुरु हुनेछ।करण केसी कप्तान रहेको काठमाण्डू र रोहित पौडेल कप्तान रहेको लुम्बिनी लायन्स दुबैको समान २–२ अंक छ। यद्यपि, लुम्बिनी लायन्सले २ खेलमा १ खेल जितेर २ अंक जोडेको हो भने काठमाण्डू गोर्खाज ३ खेलमा २ खेल हारेर २ अंकमा समेटिएको हो। आज काठमाण्डूको चौथो खेल हो भने लुम्बिनीको तेस्रो खेल हो।