Advertisement

एटिएम तोडफोड गर्ने एक जना पक्राउ

सोमबार मध्यराति साढे १२ बजे काठमाडौंको बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एक युवक पक्राउ परेका छन ।
उनले कुमारी बैंकको एटिएम तोडफोड गरिरहेको जनाएको छ ।नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।