पछिल्लो एक हप्ताको अवधिमा सुन तोलामा २४ हजार २०० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार एक हप्ताअघि गत माघ २ गते सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मूल्य निरन्तर बढेको हो । गत माघ ४ गते आइतबार २ लाख ७७ हजार ८०० रुपैयाँ, माघ ५ गते २ लाख ८२ हजार २०० र माघ ६ गते २ लाख ८४ हजार ७०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो । त्यस्तै माघ ७ गते भने सुनको मूल्य एकैचोटी बढेर २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको हो । माघ ८ गते २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार आइपुग्दा एकैचोटी ९ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको हो ।
एक हप्तामा सुन तोलामा २४ हजार २०० ले बढ्यो












