Advertisement

उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन

शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन गरिएको छ ।
आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन ।व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो वर्षको छठ समापन भएको हो । काठमाडौंको गुह्येश्वरीस्थित गौरीघाट र कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरु छठ पर्व मनाइएको छ ।