प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुझाव दिएका छन् ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिने क्रममा अभिव्यक्ति मार्फत उत्तेजना नल्याउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उक्त बोलीप्रति महामन्त्री थापाले यस्तो बताएका हुन ।
उत्तेजित अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई गगनको सुझाव












