Advertisement

उखु किसान र सरकारबिचको वार्ता निष्कर्षविहीन

शुक्रबार सिंहदरबारमा सरकार र उखु किसानबिच भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा कुनै सहमति हुन नसकेको उखु किसान सङ्घर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए । वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । सङ्घर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरूप परिवर्तन गर्न सक्ने जवाफ दिएको थियो ।वार्तामा आफूहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए । प्रवक्ता यादवले शनिबार ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी स्वरूपबारे जानकारी दिने बताए ।