नेपाल चिकित्सक संघ र सरकारबीचको वार्ता जारी रहेको छ ।
नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ ।स्वास्थ्य मन्त्रालयमा संघका पदाधिकारी सहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल चलिरहेको छ ।बैठकमा स्वास्थ्यसचिव डा. विकास देवकोटा, संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सन्दिप तिवारी लगायतका पदाधिकारीको सहभागिता रहेको छ ।
आन्दोलनरत डाक्टर र सरकारबीचको वार्ता जारी












