Advertisement

आठ महिनामा वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज भन्सारबाट ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन ।
गत आवको सोही तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढेको हो । चालु आवमा भटमासको तेल निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले बताए । गत आठ महिनामा २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो।