Advertisement

आज सुन प्रतितोला ११ सय रुपैयाँले घट्यो

आज सुन प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।
आज प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।
आज चाँदीको भाउ पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ । असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।