आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत्तर एकता घोषणा सभा हुदैछ ।
पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो। यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।
आज रास्वपाको बृहत्तर एकता घोषणा सभा











