Advertisement

आज राजनीतिक दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

आज प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन । निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन । कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले ७ वटा दलका नेताहरूसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा गठन भएको कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गर्नेगरी म्यान्डेट पाएको छ ।