Advertisement

आज बिहान ९ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

आज बिहान ९ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाहरू भने खुलाएको छैन ।