Advertisement

आज बजेट सार्वजनिक गर्दै प्रदेश सरकार

आज प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्ने भएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आय–व्ययको विवरणसहितको बजेट प्रस्तुत गर्न लागेको हो ।केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।