आज पनि संसदमा रास्वपा र राप्रपाले अवरोध कायमै राखेका छन ।
भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दैे विरोध जारी राखेका हुन । यी दुवै दलहरूले आजको संसद् बैठक बहिष्कार गरेका छन ।आजको बैठकमा आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए । रास्वपाले आज पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोर्होयाएको छ ।
आज पनि संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै












