नव नियुक्त प्रधानमन्त्री शुसिला कार्कीले सानो आकारको मन्त्री मण्डल आज विस्तार गर्ने भनिए पनि अहिलेसम्म मन्त्री मण्डल विस्तार हुन सकेको छैन ।
उनले आज पदभार ग्रहण गरेसँगै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिएको थियो । नव नियुक्त प्रधानमन्त्री कार्कीलाई काम गर्नको लागि चुनौती थपिएको छ । जेनजीका अगुवा सुदन गुरुङले जेनजीको अन्दोलनको क्रममा ज्यान गुमाएका पिडितहरुको मागको सम्बोधन सोमबारसम्म नभए अन्तरिम सरकार पनि ढल्ने चेतावनी दिएको छ । संसद विघटन विरुद्ध ८ दलको असहमति जनाएको छ । दलहरुले असहमति जनाएसँगै प्रधानमन्त्री कार्कीलाई ६ महिना भित्र निर्वाचन गराउन अप्ठेरो पर्ने देखिएको छ । जेनजी अन्दोलनको क्रममा ज्यान गुमाउनेको संख्या अहिलेसम्म ७२ जना पुगेको छ ।
आज पनि मन्त्री मण्डल बिस्तार हुन सकेन












