Advertisement

आज पनि कुलमानलाई हटाएको विरोधमा प्रर्दशन

सरकारले सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बार्खस्ता गरेपछि विभिन्न संघ संस्थाहरुले गर्दै आएको प्रर्दशन आज पनि जारी रहेको छ ।
घिसिङलाई हटाएको विरोधमा आज संसदका दुबै बैठक अवरुद्ध भएको छ । घिसिङलाई हटाएको जावफ प्रधानमन्त्रीले नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरुको अडान छ ।