नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि जारी रहेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउसो १ बजेबाट सुरु हुनेछ । यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । नेताहरूले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन । विशेष महाधिवेशन पक्षधरले हिजो नै पार्टीलाई स्मरण पत्र बुझाएका छन ।
आज पनि कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी











