Advertisement

आज नेपाली कम्युनिष्ट पार्टीको सभा विराटनगरमा

हिजोदेखि सुरु भएको नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभाआज कोशी प्रदेशको विराटनगरमा हुदैँछ ।
एकताको सन्देश तल्लो तहसम्म र्पुयाउन सातै प्रदेशमा सभा गर्ने क्रममा आज कोशी प्रदेशको विराटनगरमा सभा गर्न लागिएको हो । जनआन्दोलन चोकको उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुल्ला मैदानमा दिउँसो १२ बजेदेखि सभा आयोजना हुने नेकपाका स्थानीय नेताहरुले बताएका छन । सभामा १० हजार समर्थकलाई उपस्थित गराउने दाबी गरेका छन ।सभालाई नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायतले सम्बोधन गर्नेछन ।