आज निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ ।
छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेका दलहरुलाई छलफलमा बोलाइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाकारी दिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ ।
निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले आग्रह गरेको छ।
आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै












