Advertisement

आज नवनिर्वाचित एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठक काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्ने नवनिर्वाचित सचिव डा. राजन भट्टराईले जानकारी दिए । हालै सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ। नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन । बैठकमा पार्टीको आगामी कार्ययोजना, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।