आज दिउँसो १ बजे माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । भदौ २३ र २४ गते जेनजीको विद्रोहको कारण केपी ओली नेतृत्वको गठबन्धन सरकार ढलेको थियो । सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेको छ ।
आज दिउँसो १ बजे माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै












