Advertisement

आज दिउँसो १ बजे काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

आज दिउँसो १ बजे काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्दैछ। गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा काँग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ । आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रित रहेर छलफल हुँनेछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ ।
यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो ।